१ भदौ ०७५, काठमाडौं । नेकपा(विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अदालतबाटै पुनः पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका विश्वकर्मालाई काठमाडौं जिल्ला अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रवक्ता विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंले छोडेपछि काभ्रेमा रहेको एनसेल टावरमा आगजनी र तोडफोड गरेको आरोपमा पुनःपक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी मोहनकुमार थापाले बताए ।
विश्वकर्मामाथि लागेको आरोपको काभ्रे प्रहरीले अनुसन्धान गरिएरहेकोल उनलाई जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता थापाले बताए ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २ जना कार्यकर्तालाइ सर्वोच्च अदालतले शुक्रबार दिउँसो मात्र रिहा गर्न सरकारलाई आदेश दिएको थियो ।