नेकपाको विद्यार्थी संगठन ४९९ सदस्यीय हुने

१ भदौ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका दुई विद्यार्थी संगठनको एकीकरणको टुंगो लागेको छ ।

एकीकरणका लागि बनेको कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।

नेकपा केन्द्रीय कमिटी सदस्य तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल गठन भएको थियो।

शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू )लेख्ने सहमति गरेको छ । यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हुने भएको छ ।

नयाँ बन्ने संगठनमा नेकपा एमाले समर्थित अनेरास्वयवियुबाट २६० र नेकपा माओवादी समर्थित अनेरास्वयवियु (क्रान्तिकारी)बाट २३९ जना रहने गरी ४९९ सदस्यीय केन्द्रीय समिति रहने छन् ।

संगठनको नेतृत्वको बारेमा भने छलफल भइरहेको र अर्को बैठकमा नेतृत्वको समेत टुंगो लगाउने कार्यदलले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत