विवाहको २४ घण्टा बित्न नपाउँदै विष सेवन गर्ने बेहुलाको स्वास्थ्य अवस्था खतरा मुक्त

१ भदौ ०७५, राजविराज । विवाह भएको २४ घण्टा नबित्दै विष सेवन गरी आत्महत्याको प्रयास गरेका बेहुलाको स्वास्थ्य अवस्था खतरा मुक्त चिकित्सकले जनाएका छन ।

नब दम्पत्ती हस्पिटलमा ।

राजविराज–४ निवासी २४ वर्षीय जुनेद असगरको स्वास्थ्य अवस्था खतरा मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका हुन ।

जुनेदले समाजको साथ पाएर विवाह गरेपनि अभिभावकको साथ र सहयोग नपाएपछि तनावमा देखिएकाले बिहीवार विहान विष सेवन गरी आत्महत्याको प्रयास गरेका थिए ।

उनलाई गम्भिर अवस्थामा स्थानीयले उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गराएका थिए ।
उनको वुधवार सोहि वडाकी २२ वर्षिय मर्जिना खातुनसँग स्थानीयको व्यापक उपस्थितीका वीच मुस्लिम धर्म रिती रिवाज अनुसार स्थानीय नुरी जामा मस्जिदमा विवाह समपन्न भएको थियो ।

शुक्रवार स्वास्थ्य अवस्थामा सुधार आएपछि इमरजेन्सीवाट जनरल कक्षमा सारिएका जुनेदले आफुहरु बीचमा दुइ वर्षको लामो प्रेम समबन्धलाइ विवाहमा परिणत गराउन स्थानिय समाजले निकै मद्दत गरेको सञ्चारकर्मीहरुलाई सुनाए ।

जुृनेदले सञ्चारकर्मीहरुको विष सेवन किन गरेको भन्ने जिज्ञाशाको जवाफमा उनले मन पराएको केटीसंग विहे गर्दा अभिभावकले असहमती र अस्वीकार गरेपछि तनावमा आएर त्यस्तो कदम उठाएको बताए ।

अस्पताल भर्ना भएपछि उनको पत्नी मरजिना हेरचारका लागि सगैं बसेकी छिन भने स्थानीय समाजका अगुवाहरु दिनहुँ भेटन आउने गरेको तर आमा वुवा र दाजु भाइ कोही भेटन न आएकोमा उनको दुःखेसो गरे ।

अभिभावकको असहमतिकाबीच राजी खुशीले आफुले मन पराएको केटीसंग विवाह गर्दा नवविवाहिता पत्नीलाइ घर भित्रयाउन नसकेकाले विवाहको पहिलो दिन पनि ससुरालीमै बिताएर दोश्रो दिन घर जादाँ बुवा जवाद अहमदले घर र पसलको साँचो नदिदाँ तनावमा आएर विष सेवन गरेको उनले बताए ।

बेहुला जुृनेदले सुरक्षित वातावरणमा पत्नीसँग घरमा बस्न पाउने व्यवस्था मिलाइ दिन समेत सवसँग आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत