सगरमाथा अञ्चल अस्पतालमा शुक्रवारदेखि ‘डायलायसिस’ सेवा सुरु

१ भदौ ०७५, राजविराज । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शुक्रवारदेखि ‘डायलायसिस’ सेवा सुरु गरिएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘डायलायसिस’ सेवाको उद्घाटन गरेका हुन्।

डायलसिस सेवाको उद्घाटन गर्दै ।

अस्पतालमा करिव १ करोड लागतका ४ वटा डायलायसिस मेसिनहरु जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए छ । सेवा सुरु भएसँगै पहिलो दिन ३ जना मृगौला पीडित विरामीले उपचार सेवा पाएका छन् । यसअघि यहाका मृगौला पीडितहरु ठुलो रकम खर्चेर उपचारका लागि धरान, विराटनगर र भारतको दरभंगा, पटनासम्म पुग्ने गरेका थिए ।

डायलासिस सेवाको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री यादवले सगरमाथा अञ्चल अस्पतालबाट अपवाद बाहेक बिरामी रेफर गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने र अन्य जिल्लाका विरामी उपचारका लागि सप्तरी आउने गरी अस्पतालको स्तोरोन्नती गरिने बताए ।

मन्त्री यादवले अस्पतालमा केहि दिनभित्रै अन्य सेवा सुविधा पनि थप गरिने वताउँदै स्वास्थ्यकर्मीलाई स्वतन्त्रतापुर्वक काम गर्ने वतावरण तयार गर्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले अस्पताल स्तरोन्नतिका ७६ करोड वजेट छुट्याईएको जानकारी दिदै अस्पतालमा दरवन्दी अनुसारको चिकित्सक र सम्वन्धित रोगका विशेषज्ञहरु एक साताभित्र आईपुग्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत