स्थानीयले जबर्जस्ती बिबाह गराइदिँदा बेहुलाद्वारा २४ घण्टा नबित्दै बिष सेवन

३१ साउन ०७५, राजविराज । विवाह भएको २४ घण्टा नवित्दै वेहुलाले विष सेवन गरी आत्महत्याकगर्ने प्रयास गरेका छन् ।

राजविराज नगरपालिका ४ का २४ वर्षीय वेहुला जुनेद अस्गरले विवाह भएको भोलीपल्टै विवाहन विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् । उनको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

विवाहपछि फोटो खिचाउँदै ।

उनको वुधवार दिउँसो राजविराज ४ स्थित नुरि जामा मस्जिदमा तनावपुर्ण अवस्थामा सोही वडाकी २२ वर्षीय मर्जिना खातुनसँग विवाह भएको थियो ।

उनीहरुलाई दवावमा विवाह सम्पन्न भएपछि र अभिभावकले दुलहीलाई राख्न नमानेपछि तनाव भएर वेहुलाले यस्तो कदम उठाएको बताएका छन् ।

घटना विवरण अनुसार ५ दिनअघि जुनेद र मर्जिनालाई स्थानीयले शंकास्पद अवस्थामा एकान्तमा फेलापारेका कारण उनीहरुको स्थानीय भरभलादमीको बैठकले दबाबमा विवाह गराई दिएका थिए ।

निर्णय अनुसार मुस्लिम समुदायका ती प्रेमीलाई स्थानीय नुरी जामा मस्जिदमा अघिल्लो दिन वुधवार स्थानीयको ठुलो उपस्थितीका बीचच मौलाना मो. कैशर रजाले मुस्लिम धार्मिक विधि अनुसार निकाह गराएका थिए । सो क्रममा वेहुला जुनेदसँग मोहरदेन (धरौटी सरह) वापत भन्दै १ लाख ७ हजारको कागज समेत गराएको थियो ।

स्थानीयवासीको दवावमा केटा पक्ष विवाहका लागि तयार भएपनि भित्री मनवाट तयार नदेखिएको पाईएकोले केटीको सुरक्षित भविष्यका लागि मोहरदेन वापत १ लाख ७ हजारको कागज गराईएको वडा अध्यक्ष मो. अख्तर वावा सिद्धिकीले वताए ।

वडा अध्यक्ष सिद्धिकीका अनुससार उनीहरुको बिवाह लगत्तै विवाह दर्ता गराई विवाहलाई कानुनी मान्यता प्रदान गर्न वडा कार्यालयले पहल गरेका थिए ।

विवाहमा साक्षीका रुपमा सहभागीमा नेविसंघका पुर्व सहमहामन्त्री इर्साद अन्सारीले केटा पक्षको अनिच्छाकाबीच समाजको दवावमा विवाह सम्पन्न भएकाले भविष्यमा हुन सक्ने सम्भावित छोडपत्र र तलाकनामा तथा अन्य समस्यावाट जोगाउन र केटीको सुरक्षित भविष्यका लागि कागज वनाएको बताए ।

विवाहका अर्का साक्षी वसेका उमेश प्रसाद साहले दुवैजना शंकास्पद गतिविधिमा फेला परेकाले समाजमा पंचायती बसी दुवै जनाको विवाह गराई दिने निर्णय गरिएको वताए ।

जुनेदका पिता जवाद अहमदले केटी पक्षले जवरजस्ती फसाएको आरोप लगाउँदै सोको छानविन हुनुपर्ने माग गर्दै जवरजस्ती गराईएको विवाहले कानुनी मान्यता नपाउँने दावी गर्दै आफुहरु अदालतसम्म जाने वताएका छन् । उनले भने–‘छोरालाई डरत्रास देखाई जवरजस्ति निकाह गराईएको छ, यो न्याय भएन । छोरा तनावमा रहेकाले यस्तो कदम उठाएको हो ।’

विवाह भएको दिन केटा पक्षले दुलही भित्र्याउन अस्विकार गरेपछि वेहुला जुनेद पहिलो दिन वेहुलीकै घरमा बसेका थिए । भोलीपल्ट विहिवार विहान ८ बजेतिर बेहुला जुनेद विष सेवन गरी बेहोसी अवस्थामा वडा नं. १ स्थित राजदेवी मन्दिर सडक किनारमा फेला परेको  थिए ।  प्रहरी घटनाका बारेमा अनुसन्धान थालिएका जनाएको छ ।

  •  
    6
    Shares
  • 6
  •  
  •  
  •  

तपाइको मत