औद्योगिक क्षेत्रमा ३ दिनदेखि लगाएको तालावन्दी सहमतिपछि खोलियो

६ भदौ ०७५, राजविराज । रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ३ दिनदेखि उद्योगीहरुले लगाएको तालावन्दी खोलिएको छ ।

बुधबार दुवै पक्षबीच लिखित प्रतिवद्धता भएपछि आन्दोलन स्थगित गरिएको हो ।

उद्योगीहरुले सोमवारदेखि विद्युत, पानी, सुरक्षा लगायतका सुविधा नभएको भन्दै औद्योगिक क्षेत्रको ब्यवस्थापन कार्यालयमा तालावन्दी गर्नुका साथै प्रवेशद्वारमै धर्नामा बस्दै आएका थिए ।

फोटोः ताला खोलिदैँ ।

 

रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवले गरेको पहल सहमतिमा पुगेपछि तालावन्दी खोल्नुका साथै धर्ना कार्यक्रम स्थगित गरिएका उद्योगी प्रमेश यादवले बताए ।

गाउँपालिका अध्यक्ष एवम् उद्योगी ब्यवसायीबिच भएको लिखित प्रतिवद्धतामा १५ भाद्रभित्र सरोकारवाला, स्थानीय प्रशासन, राजनितिक दल, वुद्धिजिवी, अधिकारकर्मी, संचारकर्मी र नागरीक समाजका प्रतिनिधिहरु राखेर औद्योगिक क्षेत्रको समस्या र समाधान बारे वृहत छलफल गरी ठोस निर्णय गर्ने त्यसको कार्यान्वयनका लागि एकतावद्ध भई काम गर्ने उल्लेख छ ।

सहमति पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष यादवले सरकारी उपेक्षाका कारण औद्योगिक क्षेत्र लथालिङ्ग बनेको उल्लेख गर्दै अब ठोस निर्णय गरेर अघि वढ्ने बताए ।

अध्यक्ष यादवले उद्योगी ब्यवसायीले उठाएका अधिकांश माग जायज रहेको उल्लेख गर्दै अब यसको सम्वोधनका लागि १० दिनभित्र हुने वृहत छलफल र त्यसवाट आउने ठोस निर्णयका साथ एक जुट भई अघि वढ्ने प्रतिक्रिया दिए ।

उद्योगी ब्यसायीले उठाएका पानी, विजुली, औद्योगिक सुरक्षा वल र वाढीले भत्काएको संरचनाको मर्मत लगायतका ६ वुदे माग जायज रहेको भन्दै उनले अविलम्व सम्वोधन हुनुपर्ने बताए ।

गत २९ साउनमा उद्योगीहरुले औद्योगिक क्षेत्रको उचित ब्यवस्थापनको माग गर्दै ब्यवस्थापन कार्यालयका प्रमुख दिपक राज आचार्य मार्फत महाप्रवन्धकलाई ज्ञापन पत्र वुझाएको थियो । त्यसपछि पनि पटक–पटक गरी ७ पल्टसम्म ज्ञापन पत्र वुझाउँदा पनि कुनै सुनुवाई नभएपछि गत ४ भाद्रदेखि तालाबन्दी गरेर उद्योगी ब्यवसायीहरु धर्नामा वस्दै आएका थिए ।

२०४४ सालमा भारतीय सहयोगमा निर्माण कार्य सुर भएको औद्योगिक क्षेत्रको निर्माण कार्य सम्पन्न भएपछि २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । मन्त्री परिषदको निर्णयले २०६२ सालमा यसको नाम परिवर्तन गरी गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र कायम गरिएपछि सुधार, मर्मत सम्भार, व्यवस्थित सञ्चालन लगायतका कुनै काम अघि वढ्न सकेको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत