काठमाडौं । बजारमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीज नजिकिँदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ ।
गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तीज कोशेली “पाउजु बरिलै…” भर्खरै बजारमा आएको छ ।
यस गीतमा शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ भने राकेश वलीको सङ्गीत संयोजनमा भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।
प्रकाश खड्काको छायाङ्कन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको भिडियोमा ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य÷अभिनय निकै जमेको देखिन्छ ।
उमेर पुगेकी दिदी र भाइ बिचको ठट्टयौली समेटिएको म्युजिक भिडियोले यस वर्षको तीजलाई तताउने देखिएको छ ।
बोली नफेर, पानी मिठो कलकल, ए है लाली जोवान, पापिनीकै तस्बिर बोल्याछ जस्ता गीत बजारमा ल्याइसकेका गायक थापाले पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् भने काठे दोहोरीमा दर्शकको बढी माया बटुलेका छन् ।