स्वास्थ्य मन्त्रीलाई कालोझण्डा देखाउनेविरुद्ध राज्यविप्लव मुद्दा !

८ भदौ ०७५, बर्दिया । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउनेविरुद्ध प्रहरीले राज्यविप्लव मुद्दा दायर गर्ने तयारी गरेको छ ।

कालोझण्डा देखाउने क्रममा शुक्रबार पक्राउ परेका चार जनाविरुद्ध प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालेको छ भने राज्यविप्लव मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा हरपाल सिंह, हरफान शेष, राजित राम बर्मा र राम मनोहर यादव छन् । उनीहरूले मन्त्री यादवको उपस्थितिमा जिल्ला समन्वय समितिमा सञ्चालित कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।

प्रहरीकाअनसार पक्राउ परेकाहरु सीके राउत समर्थित जिल्ला तहका नेता रहेको प्रहरीले बताएको छ ।

प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले नयाँ मुलुकी अपराध संहिता ऐन २०७५ को दफा ४९ अन्तर्गत मुद्दा दायर गर्न लागिएको बताएका छन् ।
संहिताअन्तर्गत उक्त कसुरमा १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत