अपाङ्ग महिला बलात्कार गर्ने ५६ बर्षीया चुँदारा पक्राउ

हुमाकान्त पोखरेल/१० भदौ ०७५, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नं ५ का ५६ बर्षीय धन बहादुर चुँदारालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

चुँदाराले सुस्त मनस्थिति भएकी ३५ बर्षीया महिलालाई भदौ ७ गते ओडारमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिव बहादुर खत्रीले बताए ।

महिलाको भदौ ८ गते जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको र चुँदारालाई सोही दिन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिए ।

बलात्कारको हकमा सात बर्षदेखि १० बर्षसम्म कैद र शारीरिक तथा मानसिक रुपमा अपाङ्ग महिलालाई बलात्कार गरे थप पाँच बर्ष कैदको कानुनी व्यवस्था रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत