सेतोगुराँसमा घर भत्किएर एकै परिवारका ५ जनाको मृत्यु

१३ भदौ ०७५, सल्यान । जिल्लाको बागचौर नगरपालिका –४ सेतोगुराँसमा एक घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

रामसिंह कामीको घर भत्किँदा ४० वर्षीय रामसिंहसहित, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, ४ वर्षीय छोरा रूपलाल, छोरीद्वय ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको मृत्यु भएको हो ।

सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले रामसिंहको परिवार सुतिरहेका समयमा  मंगलबार राति साढे ९ बजेतिर  घरको दलिन भाँचिएर उनीहरुको मृत्यु भएको जानकारी दिए ।

डीएसपी शाहीले रामसिंहको परिवारका ११ वर्षीया छोरी सुनिता घाइते भएकी र घटनास्थलमा सीमा खोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टोली परिचालन गरिएको जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत