बिम्स्टेकको चौथो सम्मेलन सुरु

१४ भदौ ०७५, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

सात राष्ट्र (नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यान्मार र श्रीलंका) का सरकार प्रमुखको सहभागीता रहेको बिम्स्टेक सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर सुरु भएको छ ।

ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले मन्तव्य राख्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत