गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

१५ भदौ ०७५, काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।

१९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वरमा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका रिमालले ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा समेत अभिनयका साथै गायनबाट चिनिएका थिए ।

२००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए ।

९३ वर्षीय रिमालका श्रीमती, दुई छोरा र दुई छोरी छन् । रिमाल लामो समयदेखि अस्वस्थ रहेपनि उनी घरमै आराम गर्दै आइरहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत