श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

१६ भदौ ०७५, भैरहवा । चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी पुगेका छन् ।

राष्ट्रपति सिरिसेना श्रीलंकाका परराष्ट्र राज्यमन्त्री र उच्च अधिकारीसहित बुद्ध जन्मस्थल लुम्बिनी पगेका हुन् ।

राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी, प्रमुख उमाकान्त झा र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले स्वागत गरेका छन् ।

सिरिसेनाले मायाँदेवी मन्दिरको दर्शन गरी मन्दिरको दक्षिणतर्फ रहेको पिपरलको बोटमुनी आफ्नो धार्मिक परम्परा अनुसार पूजा गरेर अशोक स्तम्भमा दीप प्रज्वलन गरेका छन् ।

राष्ट्रपति सिरिसेनाले श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बाको अवलोकन गरी श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत