१७ भदौ ०७५, काठमाडौं । एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।
सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै सिंगापुरलाई पराजित गरेको हो । यो सँगै एसिया कप छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ ।
नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए । स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३/३ विकेट लिए । सिंगापुरका चेतन सूर्यवंशीले ६० रन जोडेका थिए ।
प्रतियोगिताको सुरुवातका दुई खेलमा ओमान र यूएईसँग पराजित नेपालले शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो ।