महानगरपालिकाका ६ स्थानमा फ्री वाईफाई सेवा सुरु

१७ भदौ ०७५, काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

आइतबार ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अहिलेको समय नै प्रविधिको युग भएकाले महानगरमा ‘फ्री वाईफाई’ सेवा उपलब्ध गराउने महानगरको घोषित नीति भएपनि भएपनि सुरुमा पशुपति क्षेत्र लगायतका ६ स्थानमा एकै दिनबाट ‘फ्री वाईफाई’ सेवा सुरुवात गरिएको बताए ।

महानगरले वल्र्डलिंकको सहयोगमा एक करोड रुपैयाँको लगातमा पशुपतिनाथ, बौद्धनाथ, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भू र वसन्तपुर हनुमान ढोका दरबार क्षेत्रमा फ्री वाईफाई सेवा सुरुवात गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत