महानगरपालिकामा बम विस्फोट गराउने तीन जना पक्राउ

१७ भदौ ०७५, मोरङ । विराटनगर महानगरपालिकामा बम विस्फोट गराउन संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव, मोरङ जहदा गाउँपालिका २ का मनोजकुमार सिंह र सिरहा लक्ष्मीपुरपतार ३ नयाँ टोलका अभिमनु गिरी रहेका छन् ।

महानगरपालिका बाहिर राखिएको सीसी क्यामराको फुटेजको मद्दतले घटनामा प्रत्यक्ष ५ जनाको संलग्नता रहेको देखिएको भएपनि २ जना अझै फरार रहेको मोरङ प्रहरी प्रमुख मनोज केसीले बताए ।

बम विस्फोटमा जनतान्त्रिक तराई मुक्ती मोर्चाको संलग्नता रहेको, संगठनको प्रचार गर्ने र आतंकित पार्ने उद्देश्यले बम विस्फोट गराएका प्रारम्भिक अनुसन्धानमा देखिएको केसीले बताए ।

विराटनगर महानगरपालिकाको माथिल्लो तलामा गत साउन २७ गते दिउँसो बम विस्फोट भएको थियो । विस्फोटबाट कार्यालयका फर्निचरहरूमा क्षति पुगेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत