राष्ट्रपतिद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चना

१७ भदौ ०७५, काठमाडौं । श्रीकृष्णजन्माष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चना गरेकी छिन् ।

कृष्णजन्माष्टमीमा राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा अनुसार आइतबार दिउँसो ३ बजे राष्ट्रपति भण्डारी कृष्ण मन्दिरमा पुगेर पूजा एवं दर्शन गरेकी हुन् ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । आजको दिन देश तथा विदेशमा रहेका हिन्दु भक्तजनहरुले कृष्ण मन्दिरमा पुगेर पूजाअर्चना गर्ने चलन छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत