ऊर्जामन्त्री पुन बंगलादेश प्रस्थान

२० भदौ ०७५, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।

ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख हसिना र समकक्षी नसरुल हमिदसँग भेटवार्ता पनि गर्ने मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटवार्तामा ऊर्जा क्षेत्रमा थप सहकार्य गर्नेबारे छलफल हुने बताइएको छ ।

नेपाल र बंगलादेशबीच इनर्जी को–अपरेशनमा गत महिना हस्ताक्षर भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत