टिपरको ठक्करबाट मोटरसाइकल सवार दाजुभाइको घटनास्थलमै मृत्यु

२० भदौ ०७५, धनुषा । धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका–४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।

उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारापनीले जनाएको छ । उनीहरु दुई दाजुभाइ हुन् । शवलाई पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।

टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत