उपराष्ट्रपति कार्यालयलाई लैनचौर सार्ने मन्त्रिपरिषद्को निर्णय

२१ भदौ ०७५, काठमाडौं । उपराष्ट्रपति कार्यालयलाई लैनचौरस्थित समाज कल्याण परिषद रहेको परिसर भित्र सारिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौती र उपराष्ट्रपति कार्यालयलाई लैनचौर सार्ने निर्णय गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय नजिकै हुनुपर्छ भन्ने मान्यताका साथ यस्तो निर्णय गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताए ।

अहिले उपराष्ट्रपति कार्यालय कान्तिपथस्थित निर्वाचन आयोगकै भवनमा रहेको उपराष्ट्रपतिको कार्यालयलाई १८ महिना भित्र सबै व्यवस्थापन मिलाएर कार्यालय सारिने मन्त्री पण्डितले बताए ।

मन्त्रीपरिषद बैठकले निजामती सेवा दिवसका दिन शुक्रबार पुरस्कृत हुने ४० जना निजामती कर्मचारीको नाम समेत टुंगो लगाएको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक र पूर्व विशिष्ट श्रेणी तथा पूर्व सचिवहरु सदस्य रहको छनोट समितिले पुरस्कृत हुनेहरुको नाम टुंगो लगाएको हो ।

देशभरका करिब ९० हजार निजामती कर्मचारीबाट ४० जना उत्कृष्ट कर्मचारी छनोट गरिएको छ । दुई लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कारका लागि भने सरकराले यो वर्ष पनि योग्य कर्मचारी भेट्न नसकेको मन्त्री पण्डितले बताए ।

मन्त्री पण्डितले  पुरस्कृत हुनेमा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिला, दलित, पिछिडिएको क्षेत्रबाटसमेत कर्मचारी छनोट गरिएकोमा  ४० मा ५ जना सहसचिव, अरु उपससिचव, अधिकृत, नासु र श्रेणीविहिनसम्म रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत