उमा भुजेल रिहा भए लगत्तै पुनःपक्राउ

२२ भदौ ०७५, काठमाडौं । नेकपा माओवादी ‘विप्लव’ नेतृत्वको पोलिटव्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

प्रहरीले सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएकी भुजेललाई सर्वोच्च अदालत परिसरबाट पुनः पक्राउ गरेको हो ।

गत बैशाखमा काभ्रेको नमोबुद्धको एक पसलमा आगजनी गरेको अभियोगमा पक्राउ परेका भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरिएको थियो । काभ्रे प्रहरीको अनुरोधमा उनलाई महानगरीय प्रहरी बृत बालाजुले पक्राउ गरेको थियो ।

भुजेललाई काभ्रे अदालतले थुनामा राख्न म्याद थप गरेकामा उनले बिना कारण थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै सर्बोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहबरमा रिहा गर्न आदेश दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत