त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड

२१ भदौ ०७५, काठमाडौं । विद्यार्थीहरुले प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा आलटाल गरेको भन्दै त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड गरेका छन् ।

शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर प्रथम वर्षको परीक्षामा मनोविज्ञान र गणितको प्रश्न आउट भएको थियो भने एजुकेसन फाउन्डेसनमा गत वर्षकै हुबहु प्रश्न सोधिएको थियो । यसमा लापरबाही भएको प्रमाणित भएपछि त्रिवि डिन कार्यालयले विद्यार्थीहरुसँग तीनै विषयको पुनः परीक्षा लिने र दोषीलाई कारबाही गर्ने सहमति गरेको थियो ।

तर, पदाधिकारीले दुई विषयमात्र पुनःपरीक्षा लिने तालिका सार्वजनिक गरेपछि आक्रोशित विद्यार्थीले बिहीबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय तोडफोड गरेका हुन् ।

आक्रोशित विद्यार्थीले कार्यालयको झ्याल, दराज, टेबल, इन्भर्टर तोडफोड गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत