मुलुकी संहिता संशोधनको माग गर्दै पत्रकारहरु सडकमा

२२ भदौ ०७५, काठमाडौं । पत्रकारहरुले मुलुकी(देवानी र फौजदारी) संहिता ऐन संशोधन माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको आयोजनामा प्रेससँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले मुलुकी देवानी र फौजदारी ऐन संशोधनको माग गर्दै कालो ब्यानरसहित नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

मुलुकी संहितामा हाल रहेको व्यवस्था हुवहु कार्यान्वयन भएमा सार्वजनिक स्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले गरेका गलत क्रियाकलापबारे पनि प्रश्न उठाउन नसकिने अवस्था आउने भन्दै पत्रकारहरुले आफ्ना सञ्चार सामग्री भुइँमा राखेर प्रदर्शन गरेका थिए ।

पत्रकारहरुले  नयाँ मुलुकी ऐन संशोधनको गर्न माग गर्दै प्रदेश र संघीय सरकारलाई पटक पटक दबाब दिइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत