अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन

२४ भदौ ०७५, काठमाडौं । सरकारले अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनाको छानबिनका तीन सदस्यीय समिति गठन गरेको छ ।

आइतबार सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिको सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

शनिबार गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर बिहान नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेत जंगलमा दुर्घटना भएको थियो ।

हेलिकोप्टरमा सवार ६ यात्रु मध्ये ५ यात्रु र एक पाइलटको घटनास्थलमै मृत्यु भएको थियो भने आनी डोल्माको जीवितै उद्धार गरी मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत