आज कुशे औँशी पर्व, बुबाको मुख हेर्ने दिन

निता पुन/२४ भदौ ०७५, काठमाडौं । आज भदौ ‘कृष्ण औँसी’ अर्थात् कुशे औँशी पर्व बुबाको मुख हेर्ने पर्वका रुपमा मनाइँदै छ ।

हिन्दु परम्पराअनुसार आइतबार बिहानैदेखि घर–घरमा कुश भित्र्याएर र अन्य धर्मालम्बीहरुले आफ्ना बुबालाई शुभकामना दिई मिठो–मिठो भोजन गराई कुशे औंशी पर्व मनाउँदै छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमकाअनुसार आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिनमा उखेलिएको कशु उखेलेको दिन मात्रै उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको बताए ।

आज बिहानैदेखि बुबा नहुनेहरू काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा दिवङ्गत पितृलाई पिण्डदान र श्राद्ध गरिरहेका छन् भने देशभर बुबा नहुने छोराछोरीहरुले नजिकका पवित्र स्थानमा गई बुबाको नाममा पिण्डदान र श्राद्ध गरेका छन् ।

आज उत्तरगया भनेर चिनिने स्थलमा गई पिण्डदान र श्राद्ध गरे २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ ।
हिन्दु धर्माबलम्बीहरुले कुशलाई भगवान् विष्णुको प्रतीक नै मान्दछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत