प्रशासकले जनताको सेवकको रुपमा काम गर्नुपर्छ – गृहमन्त्री बादल

२६ भदौ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नभई जनताको सेवकको रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै ।

नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई सम्वोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धि र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताएका हुन् ।

विकासका लागि भ्रष्टाचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको बताउँदै गृहमन्त्री बादले भने–‘केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जाना जान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको छ । यसलाई तपाईहरुले चिर्नुहोस् ।’
यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाई छ ।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेपाल पशासन सेवाको पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिना कार्यक्रमले प्रशासकहरुलाई अहिलेको नियम कानुन बुझ्नका लागि समेत सहयोग गर्ने बताए ।

कार्यक्रममा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरुले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिम पश्चात काममा सहजता प्रदान हुने विश्वास व्यक्त गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत