२८ भदौ ०७५, काठमाडौं । अब विदेशमा उपचार गरे सरकारले उपचार खर्च नब्यहोर्ने भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा राखेर कानून मै यस्तो बन्देज लगाइएको हो ।परिमार्जन सहितको विधेयक बिहीबार संसदमा पेश भएको हो ।
नेपाली कांग्रेसका सांसद गगन थापाले यस अघि विधेयकमा यस्तो व्यवस्था नभए पनि विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हालेका थिए ।
विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयक आउन लागेको हो ।