एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश

२९ भदौ ०७५, काठमाडौं । उच्च अदालत, बिराटनगरले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको इजलासले जिल्ला अदालत मोरङले दिएको आदेशलाई उल्ट्याउँदै साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

एसएसपी लोहनीले जिल्ला अदालत मोरङको आदेश चित्त नबुझेको भन्दै असार ७ मा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

एसएसपी लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख रहेका थिए उनलाई गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले बयानका लागि बोलाएको थियो । उनी १९ वैशाखमा पक्राउ गरी बयानपछि पक्राउ पूर्जी थमाएको थियो ।

प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत