बलत्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

१ असोज ०७५, काठमाडौं । नेविसंघले १३ वर्षीय किशोरी निर्मला पन्तको बलत्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रर्दशनीमार्गमा प्रदर्शन गरेका हुन् ।

राजधानीको विश्वभाषा क्याम्पसबाट सुरु गरिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा नेविसंघका कार्यकर्ताले चुनावघि नेकपाले गुलिया कुरा गरेको तर चुनावपछि केही नगरेको भन्दै चर्को आलोचना समेत गरेका थिए ।

कोणसभामा बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरूद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत