विद्यालय ब्यवस्थापन समितिका अध्यक्षमाथि गोली प्रहार

४ असोज ०७५, काठमाडौं । सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई गोली प्रहार गरी हत्या गरिएको छ ।

बिहीबार बिहान करिव ११ः१५ बजेतिर भारतीय नम्बर प्लेटका अपाचे मोटरसाइकलमा आएका दुईजनाको समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा बाटोमा हिँडिरहेका बेला मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले अन्सारीलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

अन्सारीलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै गोली चलाउँदा प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली प्रहार गरी दुबै जना फरार भएको प्रहरीले जनाएको छ ।

मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत