सनराइजद्दारा स्वास्थ्य बिमा अन्र्तगत साहलाई उपचारका लागि रकम हस्तान्तरण

४ असोज ०७५, राजविराज । सनराइज वैंक शाखा राजविराजले ग्राहकका लागि ल्याएको नयाँ स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत पीडित परिवारलाई राहत स्वरुप रकम भुक्तानी गरेको छ ।

शाखाका ग्राहक रहेका तिलाठी कोइलाडी गाउँपालिका– ६ हाल राजविराज–७ मा बसोबास गर्दै आएका ७५ वर्षिय गोविन्द प्रसाद साहलाई बिहीवार वैंक परिसरमा एक कार्यक्रम बीच शाखा प्रबन्धक रोहित महासेठले ३४ हजार ७ सय १६ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा प्रबन्धक महासेठले हरेक वचतकर्तालाई डवल सुरक्षा प्रदान गर्ने उद्देश्यले वैंकले स्वास्थ्य र दुर्घटना विमाको योजना ल्याएको बताए ।

वैंकले स्वास्थ्य विमा अन्र्तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दावी गर्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै, दर्घटना विमा अन्र्तगत वचत कर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ भन्दा नवढने गरी वचत खातामा रहेको मौजदातको ४ गुणासम्म दावी गर्न सकिने व्यवस्था छ ।

रकम वुझ्दै साहले वैंकले प्रदान गरेको रकमवाट थप स्वास्थ्य उपचारका लागि ठुलो राहत पुग्ने प्रतिक्रिया दिए । साहको गत महिना धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्रेन हेम्ररेज सम्वन्धि जटिल रोगको शल्यक्रिया गरिएको थियो ।

यस अघि गत भाद्र २५ गते सो बैकले दुर्घटनामा परेर मृत्यु भएका राजविराज –८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना विमा वापत १ लाख ६९ हजार ३ सय ९५ तथा जेठ १८ गते स्वास्थ्य विमा सुविधा अन्र्तगत राजविराज ५ का राम अवतार यादवलाई उपचार खर्च वापत ४९ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत