हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौँ– गृहमन्त्री

४ असोज ०७५, काठाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीका खुर्शिद अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

बिहीबार सुनसरीमा अज्ञात समुहले गोली हानी हत्या गरेका अन्सारीको घटनालाई आफूले गम्भीर रुपमा लिएको भन्दै गृहमन्त्री थापाले हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै भने –‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याई छाड्छौं ।’
गृहमन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयहलाई संयमित हुन समेत आग्रह गरे ।

त्यस्तै, भेटमा गृहमन्त्रीसँग संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्न र मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिएका थिए ।

जवाफमा गृहमन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै सुरक्षामा कुनै कसर बाँकी नराखिने बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत