रिसईवीका कारण धारिलो हतियार प्रयोग गरी हत्या

२५ असोज ०७५, राजविराज।  राजविराजमा पुरानो रिसइवीका कारण धारिलो हतियार प्रहार गरी एक युवाको हत्या गरिएको छ ।

बुधवार साँझ करिव ७ बजेतिर एक समुहले धारिलो हतियार प्रहार गर्दा राजविराज–१ डुमरी शिवथान निवासी तत्कालिन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटिका संयोजक भन्नालाल यादवको २१ वर्षीय कान्छो छोरा प्रेम यादवको हत्या गरिएको हो ।

प्रहरीका अनुसार स्थानीय तेतरीगाछी चौक नजिकै साँझ ७ बजेतिर एउटा समुहको धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका यादवलाई तत्कालै उपचाका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गराइएको र उपचारकै क्रममा बिहीबार बिहान यादवको मृत्यु भएको डिएसपी भावेश रिमालले बताए ।

डिएसपी रिमाललले घटनापछि आक्रमणकारीहरु फरार रहेपनि प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसइवी साध्न हत्या गरिएको खुल्न आएको बताए । उनले हत्यामा संलग्न भएकाहरुको पहिचान भईसकेको र चाँडै पक्राउ पर्ने दावी पनि गरे ।

त्यसैगरी, सभासद मनिष कुमार सुमन तथा पूर्व सिँचाई मन्त्री उमेश कुमार यादवले बिहीबारै छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत घटनाको घोर निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत