निर्मलाका आमाबुबा अनिश्चितकालीन धर्नामा

२५ कार्तिक ०७५, काठमाडौं । छोरीको हत्यारा पत्ता लगाउनु पर्ने मागसहित निर्मलाका आमाबुबा अनिश्चितकालीन धर्नामा बसेका छन् ।

हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक नगरिएको भन्दै निर्मला बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि आइतबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका छन् ।

धर्ना सुरु हुनुअघि दिउँसो १२ बजे मदनचोकवाट स्थानीय, महिला अधिकारकर्मी लगायतको सहभागिता सहितको ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत