सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदीले लिए सपथ

२७ कार्तिक ०७५, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा प्रदेशसभा सदस्य कृष्णराज सुवेदीले सपथ लिएका छन् ।

मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सुवेदी नेकपाबाट कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई उक्त पदमा नियुक्त गरिएको हो । शपथपश्चात् सुवेदीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत