आन्दोलनरत शिक्षकले जिल्ला शिक्षामा दुई घण्टा धर्ना, २६ बुँदे मागसहित बुझाए ज्ञापनपत्र

३० कार्तिक ०७५, काठमाडौं । जिल्ला शिक्षा समन्वय इकाई ललितपुरमा आन्दोलनरत शिक्षकले दुई घण्टा धर्नापछि २६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार आन्दोलनरत शिक्षकहरुले धर्नापछि २६ बुँदे मागसहितको ज्ञापनपत्र इकाई प्रमुख गुणराज पोखरेललाई बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै नेपाल शिक्षक महासंघ ललितपुरका अध्यक्ष लोक खड्काले ०३६ सालदेखि आन्दोलन गर्दै आएका शिक्षकका समस्या सरकारले नसुनेको गुनासो गर्दै आफूले नेपाल शिक्षक महासंघलाई एउटा संवैधानिक संस्था मानी यसैमार्फत् मुलुकभरी एकैसाथ धर्ना कार्यक्रम गरेको बताए ।

त्यसैगरी आफ्ना मागहरु पुरा नभए मंसिर ७ तथा १४ गते बृहत जुलुस तथा विरोध र्याली निकाल्ने तयारी भइरहेको बताए ।

इकाईका प्रमुख गुणराज पोखरेलले शिक्षकको मागसहितको ज्ञापनपत्र बुझ्दै उनले ज्ञापनपत्र शिक्षा विभागमा पठाउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत