५ मंसिर ०७५, राजविराज । मुस्लिम समुदायले आफना धर्मका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक ‘पैगम्वर हजरत मोहम्मद सल्लल्लाहु अलै हिवस्सल्लाम’को १५३१औं जन्मोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
बुधबार जन्मोत्सवको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा प्रभातफेरी, रक्तदान, मस्जिदमा सामुहिक नमाज, प्रार्थना सभा, प्रवचन तथा अपांग, दलित, विपन्न वर्गका वृद्धवृद्धा, एकल महिला, गरिव तथा असहायहरु लत्ताकपडा वितरणका साथै निशुल्क गरी मुस्लिम समुदायले पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाएका हुन् ।
मुस्लिम धर्मावलम्वीहरुको उत्सवका अवसरमा प्रदेश सरकारले वुधवार सार्वजनिक विदा दिएपछि यो उत्सवलाई यस पटक विशेष तामझामका साथ मनाउन लागिएको मुस्लिम अगुवा एवम राष्ट्रिय मुस्लिम मञ्च नेपालका सचिव हासिम अन्सारीले बताए ।
इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेको थियो । ¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र बालबालिकाको सहभागिता थियो ।
मुस्लिम संघ नेपालका केन्द्रीय सदस्य इर्साद अन्सारीले अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ शिकाएको भन्दै त्यसको अनुसरण गर्नु पर्ने बताए ।
- 1Share
1