नेकपाको सातवटै प्रदेश कमिटीका सदस्यहरु मनोनयन

१७ मंसिर ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका लागि सदस्यहरु मनोनयन गरेको छ ।

सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम नेकपाका महासचिव बिष्णु पौडेलले सार्वजनिक गरेका हुन् । आइतबारको निर्णय अनुसार प्रदेश १ मा तत्कालिन एमालेको १ सय २२ र माओवादीको ८५ जना गरी २०७ सदस्य बनाइएको छ ।

प्रदेश २ मा तत्कालिन एमाले र माओवादीबाट १०६ र १०६ र पछि पार्टीमा आएको तत्कालिन राष्ट्रिय जनता दलका तीन सदस्य छन् ।

प्रदेश ३ को २१७ सदस्यमा तत्कालिन एमालेबाट ११६ र माओवादीबाट १०१ छन् ।

गण्डकी प्रदेश कमिटीमा साविक एमालेबाट १०२ र माओवादी ८५ छन् ।

प्रदेश ५ कमिटीमा साविक एमालेबाट १०६ र माओवादीबाट ९७ छन् ।

कर्णाली प्रदेश कमिटीमा साविक एमालेबाट ८७ र माओवादीबाट ८८ छन ।

सुदुरपश्चिम प्रदेश कमिटीमा साविक एमालेबाट सय र माओवादीबाट ८३ सदस्य रहेका छन् ।

यसअघि असोज ५ गते बसेको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गरेको थियो । सोही दिन प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी पनि तोकेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत