संविधानसँग बाझिएका कानुनहरु हिउँदे अधिवेशन अगावै बनाउन प्रधानमन्त्रीको निर्देशन

१८ मंसिर ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसँग बाझिएका कानुनहरु सम्बन्धि मस्यौदा संसदको हिउँदे अधिवेशन बस्नु अगावै संसदमा पेस गरिसक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार सबै मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा सचिवहरुले संबिधानसँग बाझिएका कानूनहरु निमार्णको प्रगतिका सन्दर्भमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले असन्तुष्टि ब्यक्त गर्दै यही मंसिर महिनाभित्र मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाउन सचिवहरुलाई निर्देशन दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत