२३ मंसिर ०७५, काठमाडौं । गत साता मन्त्रिपरिषदले पारित गरेको कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ’कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ जारी गरेकी हुन् ।
तत्काल संसद चाल नरहेको र प्रदेश तथा स्थानीय तहमा कर्मचारीहर बिन्यास गर्न ढिलाइ भएको अवस्थामा सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको हो ।
बिहीबारको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो निर्णय लुकाएकाले संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजनमा जानुपर्ने बाध्यात्मक व्यवस्था छ । सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर प्रमाणीकरणका लागि समायोजन अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो।