प्रधानमन्त्रीद्वारा धरहरा पुनर्निर्माणको शिलान्यास

१२ पुस ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् ।

भिमसेन थापाको पालामा बनेको सुन्धारास्थित धरहराको २०७२ बैशाख १२ गतेको भूकम्पमा ध्वस्त भएको थियो ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत उपस्थित थिए ।

भूकम्पले भत्किएको धरहरालाई अहिलेकै अवस्थामा राखेर संरक्षण गर्ने र त्यसकै छेउमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण गर्ने तयारी छ ।

धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकणबाट जिआइइटीसीररमन जेभीले पाएको छ । निर्माणमा ३ अर्ब ४८ करोड लागत र दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत