प्रदेश २ मा छोरी जन्मिएमा सरकारले निःशुल्क जिवन बिमा गरिदिन

१६ पुस ०७५, राजविराज । प्रदेश २ सरकारले माघ १ गतेदेखि प्रदेश २ का आठै जिल्लामा ‘बेटी बचाओ, बेटी पढाऔँ’ अभियान अन्तरगत छोरी जन्मिएमा सरकारले निःशुल्क जिवन बिमा गर्ने भएको छ ।

सो अभियान अन्तरगत प्रदेश सरकारले आठै जिल्लाको एक एक स्थानिय तहलाई पहिलो चरणमा छनौट गरेको छ ।

प्रदेश सरकारले सप्तरीको महादेवा गाउँपालिकालाई पहिलो चरणमा छनौट गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज दैनिकलाई जानकारी दिँदै माघ १ देखि सो गाउँपालिकामा जन्मिने छोरीलाई प्रदेश सरकारले १ लाखको निशुल्क जिवन बिमा गर्ने निर्णय गरेको बताए ।

उनले प्रदेश सरकारले बिमा गरेपछि छोरी २० वर्षको उमेर पुगेपछि १ लाख बिमा बापतको रकम निकाल्न सकिने उल्लेख गरे ।

अग्निपीडित परिवारलाई राहत प्रदान

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ बरही विरपुरका अग्निपीडित रामधन रायका परिवारलाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।

राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए । रायको घरमा पुस १४ गते आगलागि हुँदा तीन लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।

सो अवसरमा क्लवले आ–आफ्ना कार्यक्षेत्रमा सराहनीय कार्य गर्ने छिन्नमस्ता गाउपालिका वडा नं. १ का अध्यक्ष बिनोद यादव, पत्रकार शुभ नारायण यादव, समाजसेवी नन्दि राय र मंगल रायलाई सम्मानित समेत गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत