प्रधानन्यायाधीश जबराले गरे पदबहाली

१८ पुस ०७५, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबहाली गरेका छन् ।

बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि जबराले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।

मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका नवनियुक्त प्रधानन्यायाधीश जबरालार्ई सर्वोच्चमा न्यायाधीश, कर्मचारी लगायतले स्वागत गरेका थिए ।

२०१४ मंसिर २८ गते जन्मेका जबराले २०३६ मंसिर ६ देखि कानुन व्यवसायमा प्रवेश गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत