अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

२३ पुस ०७५, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणका साथै छानविन समिति बनाएको थियो ।

राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् ।

पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङछुले आरोप लगाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत