२२ पुस ०७५, काठमाडैं । सोलुखुम्बु जिल्लामा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।
सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकाको केन्द्र मुक्लिमा गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईले उक्त अस्पतालका लागि स्थानीय समाजसेवी गोरे राईले जग्गा उपलब्ध गराएकाले ५० श्ययाको अस्पताल निर्माणको अभियानमा आफूहरु रहेको जानकारी गराए ।
उनले सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद्भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने बताए ।