२५ बर्षदेखि फरार एक अभियुक्त पर्साबाट पक्राउ

२२ पुस ०७५, वीरगञ्ज । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरी २५ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।

सर्वोत्चले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षीय अनुमुद्दिन अन्सारीलाई पक्राउ गरेको हो । अदालतले अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो ।

घटनापछि नै फरार रहेका अन्सारीलाई दुई दिनअघि वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको थियो ।

अन्सारीलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत