विरामीको मृत्यु भएपछि अस्पतालमा नाराबाजी

२ माघ ०७५, राजविराज । चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नाराबाजी गरेका छन् ।

चिसोका कारण बिरामी परेका छिन्नमस्ता गाउँपालिका ६ निवासी ५५ बर्षीय सहदेव सदाको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । अस्पतालमा भर्ना भएपनि जाँच गर्न चिकित्सक नआउँदा सदाको मृत्यु भएको सदा परिवारको आरोप छ ।

उनीहरुले अस्पतालको मुख्यद्वारमै टायर बालेर बिरोध प्रदर्शन गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

अस्पतालका निमित्त प्रमुख डा. रञ्जित झाले सदाको अवस्था सिकिस्त रहेकोले मृत्यु भएको बताएको छ । उनले सदाको उपचारमा दुई जना चिकित्सक खटिए पनि सिकिस्त अवस्था भएका कारण मृत्यु भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत