एनसेललाई कर तिर्न सर्वोच्चको आदेश

२३ माघ ०७५, काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभ कर एनसेल र आजियटाबाट असुल गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले कर असुलीको परमादेश दिएको हो ।

एनसेल कर विवादमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित पाँचजनाले रिट दायर गरेका थिए ।

एनसेलले आफूले कर तिर्नु नपर्ने दाबी गर्दै भिन्नै रिट दायर गरेको थियो । एनसेलले ३८ अर्ब बढी कर तिर्न बाँकी छ । यसअघि उसले १५ प्रतिशत कर भने तिरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत