सप्तरीमा ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

४ फागुन ०७५, राजविराज । सप्तरीको राजबिराज कन्चनपुर सडक खण्डक ट्याक्ट्ररको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

राजबिराजबाट कन्चनपुरतर्फ जादै गरेको स.१.त ५५३४ नं. को ट्याक्ट्ररले १० वर्षीय बालिका अन्जली गिरीलाई ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते अज्जलीको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजबिराज लगिए पनि त्यहाँ उपचार हुन नसकि थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लादै गर्दा बाटोमै मृत्यु भएको, प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यसैगरी राजविराज–रुपनी सडकको मलेठ खण्डमा म्याजिक भ्यानको ठक्करले एक महिला घाइते भएकी छिन् ।
राजविराजबाट रुपनीतर्फ जाँदै गरेको स.१ज ३१० नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा राजविराज–९ मलेठ निवासी ३५ बर्षिया सुमित्रा देवी मण्डल गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको अस्पताल बिटका प्रहरी हवलदार रामशंकर यादवले जानकारी दिए ।

ठक्कर दिने चालक र गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसंन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत