पाकिस्तानी भूमिमा भारतीय बम हमला

१४ फागुन ०७५, एजेन्सी । भारतीय वायु सेनाको जहाजले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमिमा बम खसालेपछि भारत र पाकिस्तान सम्बन्धमा थप तनाव थपिएको छ ।

भारतीय वायु सेनाले ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किनेक्रममा बम खसेको दावी गरेको छ ।

पाकिस्तानी विदेश मन्त्री साह मोहम्मद कुरेशीले यस्तो घटना भारतले गर्न सक्ने आँकलन आफूहरूले पहिला नै गरेको बताएका छन् । उनले भने– ‘हामीले दुनियाँलाई भनिरहेका थियौं, भारतले यस्तो गर्न सक्छ, आज उनीहरूले त्यो गरेका छन् । ‘पाकिस्तानमाथि खतराको बादल मडारिरहेको छ । पाकिस्तान जीवन्त र बलियो छ । हामी जिम्मेवार राष्ट्र हौं । हामीलाई हाम्रो हितको रक्षा कसरी गर्ने थाहा छ ।’

उनले भारतले आक्रामकता देखाएको उल्लेख गर्दै त्यसको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् । जवाफ फर्काउने अधिकार हामीलाई छ उनले भने –‘पाकिस्तानलाई आफ्नो रक्षाका लागि जवाफ फर्काउने अधिकार छ । हामी जवाफदेही र रणनैतिक तरिकाले जवाफ दिनेछौं ।’

त्यस्तै, आक्रमणपछि पत्रकारसम्मेलन गर्दै भारतीय विदेश सचिव विजय गोखले भारतले पाकिस्तानी भूमिमा रहेर आतंकवादी गतिविधि गरिरहेको र १४ फेब्रअरीमा ४० जना सुरक्षाकर्मीको ज्यान जाने गरी पुलवामामा आत्मघाती हमला गर्ने जैस–ए–मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमा बम खसालेको बताए छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत